दफा २०
सेवाप्रदायकको जिम्मेवारी हुने
(१) खानेपानी तथा सरसफाइ प्रणालीको सञ्चालन, व्यवस्थापन संरक्षण वा मर्मत तथा सम्भारको जिम्मेवारी सम्बन्धित सेवाप्रदायकको हुनेछ।

(२) उपनियम (१) बमोजिमको जिम्मेवारी भएको सेवाप्रदायकले त्यस्तो प्रणाली वा आयोजनाको सम्पूर्ण संरचना, भौतिक विवरण र. सम्पत्तिको अद्यावधिक विवरण तयार गरी त्यसको अभिलेख राख्नु पर्नेछ।

(३) कसैले पनि खानेपानी तथा सरसफाइ सेवा प्रणालीको अनधिकृतरुपले स्वरूप वा दायरा परिवर्तन गर्ने, त्यसको दुरुपयोग गर्ने वा अवाञ्छित फाइदा लिने उद्देश्यले कुनै संरचना, जडित पाइप, जडित मिटर, प्रशोधन प्रणाली वा अन्य संरचना बिगार्ने वा नष्ट गर्ने कार्य गर्नु हुँदैन।

(४) सेवाप्रदायकले सरसफाइ प्रणालीमा कार्यरत कामदारलाई काममा लगाउँदाका बखत स्वास्थ्य र सुरक्षाको पर्याप्त उपायको आवश्यक व्यवस्था गर्नु पर्नेछ।